24.3 C
Kalaiya

Tuesday, October 21, 2025
spot_img
24.3 C
Kalaiya
Tuesday, October 21, 2025

एसईईको नतिजा भोलि सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

spot_img
spot_img

बारा । राष्ट्रिय परीक्षा बोर्डको बैठकले बिहिबार (भोलि) माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने निर्णय गरेको छ ।

Advertisement

बुधबार एसईईको नतिजा सार्वजनिक गर्ने गरी बोर्डको बैठक बसे पनि प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएको परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले बताए ।

Advertisement

यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने छ । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने भएको छ ।

Advertisement

गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!