१२ असार, बारा । बाराको जीतपुरसिमरा उपमहानगरको १० औं नगरसभाको तेस्रो बैठकमा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारबाही सहित क्षतिपूर्तिको माग गरिएको छ ।
सचेत नागरिक समाजले उपमहानगरको प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
उक्त ध्यानाकर्षण पत्रमा, “घटनामा संलग्न जोसुकै लाई कानुनी कारबाही गरि तोडफोड गर्नेबाट क्षतिपूर्ति असुलउपर गर्न” उल्लेख गरिएको छ ।