23 C
Kalaiya

Tuesday, March 18, 2025
23 C
Kalaiya
Tuesday, March 18, 2025

spot_img

बाराको विभिन्न स्थानमा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

spot_img
spot_img

बारा, १५ असार । बारा जिल्लाको विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले पछिल्लो तीन घण्टामा जिल्लाको सदरमुकाम कलैया सहित आसपास क्षेत्रमा भारी वर्षा भएको जनाएको छ । खोला तथा नदीहरुमा बहाव बढ्दो क्रममा रहेकाले विभागले चेतावनी जारी गरेको छ ।

विभागले पछिल्लो ३ घण्टामा बाराको अम्लेखगंज, कलैया, रत्नपुर वर्षामापन केन्द्र र आसपास भारी वर्षा मापन भएको र थप वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले पसाहा, दुधौरा र लालबकैँया खोला लगायत अन्य स-साना खोलाहरुको बहाव बढ्दो क्रममा रहेकाले, नदी तटिय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाउन भनेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर