बारा, १७ असार । पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित वीरगंजबाट दुई जना लाई पक्राउ गरेको छ ।
बिशेष सुकारीको अधारमा वीरगंज महानगरपालिका वडा नम्बर १६ भन्सारद्वार नजिकै सशस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्म वीरगंज र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त प्रहरीको टोलीले वीरगंजबाट भारतको रक्सौल तर्फ जादै गरेको यात्रुबाह अटोमा सवार दुबैजनालाई आशंकाको लागि खानतलासी गर्दा प्रतिबन्धित लागुऔषध गाँजा ५ किलो ७२० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिएका छ्न ।
उनका अनुसार पक्राउ पर्नेमा पर्साका जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ का १८ बर्षीय ईमताज आलम र भारतका २२ बर्षीय नवरेज आलम रहेका छ्न ।
पक्राउ परेका दुबैजनामाथि लागुऔषध सम्बन्धि कसुरमा थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता भारतीलेव बताए ।