34.8 C
Kalaiya

Wednesday, July 9, 2025
34.8 C
Kalaiya
Wednesday, July 9, 2025

spot_img

ग्राभेल उत्खनन गरेका पोखरीमा डुबेर दुई जनाको मृत्यु

spot_img
spot_img
spot_img
Advertisement

सिरहा,१८ असार । सिरहामा गाउँ नजीकै ग्राभेल उत्खनन गरेको पोखरीमा डुबेर दुइजना बालकको मृत्यु भएको छ ।

Advertisement
Advertisement

नरहा गाउँ पालिका ३ खोरियाटोल नजिकै ग्राभेल मफियाहरुले जथाभावी उत्खनन गरेको पोखरीमा डुबेर स्थानीय शुशील मण्डलको छोरा ६ वर्षिय राहुल मण्डल शुशीलकै भान्जा करिव ८ वर्षिय आशिष मण्डलको मृत्यु भएको हो । सोमबार करिव ११ बजेबाट हराईरहेका दुबै बालको प्रहरीको समेत सहयोगमा राती अवेरसम्म खोजतलास गर्दा पनि फेला नपरेका इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

Advertisement
Advertisement

आज बिहान गाउँकै एकजना खेत खन्न गएकोबेला कसहाबाला भन्ने बसन्त यादवको पोखरीमा शव तैरिरहेको अवस्थामा देखेपछि हामीलाई खवर गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले बताए।

तत्काल पुगेका प्रहरीले आवश्यक प्रकृया पुरागरी शव पोष्टमार्टमको लागि प्रादेशीक अस्पताल सिरहा पठाएको छ।

यस क्षेत्रमा स्थानीय ग्राभेल माफियाहरुले जथाभावी ग्राभेल उत्खनन् गर्दा बनेको खाल्डोमा वर्षाको समयमा जमेको पानीमा डुवेर वर्षेनी बाल बालिकाहरुको मृत्यु हुने गरेको स्थानीयहरु बताउँछन्।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर