बारा , २२ असार । सप्तकोशी नदीको जलसतह उच्च भएको छ। शनिबार दिउँसो ३ बजे कोशी ब्यारेजमा दुई लाख ७२ हजार ४८५ क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जनाएको छ । यस वर्षकै सबैभन्दा उच्च जलसतह भएको छ ।
अहिले नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ३४ वटा ढोका खोलिएका छन्। शनिबार बिहान ४ बजे एक लाख २४ हजार ४६५ क्युसेक प्रतिसेकेन्ड जलसतह मापन गरिएको केन्द्रका कर्मचारी अमित यादवले जानकारी दिएका छन् ।