23.1 C
Kalaiya

Tuesday, March 25, 2025
23.1 C
Kalaiya
Tuesday, March 25, 2025

spot_img

बारा प्रहरीले बरामद गर्यो एक लाखको अवैध मोबाइल डिस्प्ले

spot_img
spot_img

बारा, २३ असार । बारा प्रहरीले एक लाख भन्दा बढी मुल्यको अबैध मोबाईलको डिसप्ले बरामद गरेको छ ।

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थित वीरगंजबाट नारायणगढ तर्फ जादै गरेको बा.प्र.०३–००१ ज ३२० नम्बरको ई–माईक्रोलाई रोकी चेक जाँच गर्दा उक्त अबैध मोबाईलको डिसप्ले बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

सामानको बिल भरपाई नभएको अन्दाजी मुल्य १ लाख ५ हजार रूपैया बराबरको ७० पिस मोबाईलको डिसप्ले प्रहरीले बरामद गरेको हो ।

उक्त सामानलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय,पथलैया बारामा पठाईएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर