23 C
Kalaiya

Tuesday, March 18, 2025
23 C
Kalaiya
Tuesday, March 18, 2025

spot_img

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

spot_img
spot_img

सर्लाही,२३ असार । सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगरमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सोही ठाउँका ३८ वर्षीय इन्द्रहरि पोखरेलको मृत्यु भएको हो ।

पोखरेललाई गएराति ८ बजेतिर गाउँको भित्री सडकमा उत्तरतर्फबाट बरहथवातर्फ गइरहेको ज ८ प ६८८९ नम्वरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएका पोखरेललाई हरिवनमा सामान्य उपचारपश्चात वीरगन्जतर्फ लैजानेक्रममा रौतहटको चन्द्रनिगाहपुर पुर्याउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।

मोटरसाइकल र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् । मृतक पोखरेलको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुरमा नै राखिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर