Wednesday, September 23, 2026

कोल्हवीमा करोडौंको लागतमा एकीकृत भवन निर्माण हुँदै

Advertisement
Advertisement

बारा,०३ साउन । बाराको कोल्हवी नगरपालिकास्थित करोडौंको लागतमा कृषि तथा पशु सेवाको लागि एकीकृत भवन निर्माण सुरू भएको छ।

कोल्हवी-१ स्थित कृषि तथा पशु सेवाको लागि एकीकृत भवन निर्माणका लागि मेयर रामप्रसाद चौधरी र उप-मेयर लक्ष्मी कुमारी चौधरीले सयुक्त रुपमा विधिवत पूजापाठ गरी उक्त भवनको शिलान्यास गरेका छन्।

आर्थिक करिडोर कार्यालय (रिड) बर्दिवास महोत्तरीको २ करोड ३९ लाख ४२ हजार ७७४ रुपैयाँ २७ पैसाको आर्थिक सहयोगमा उक्त भवन सीएम कन्स्ट्रक्सन जोरपाटी काठमाडौंले निर्माण गर्ने ठेक्का पाएको छ।

करिडोरले आफ्नो तेस्रो चरणको भवन निर्माण अन्तरगत उक्त भवन निर्माण गर्न लागेको पशु सेवा कार्यालय कोल्हवीका प्रमुख शम्भु पनुहरले जानकारी दिएका छन्।

ठेकदार कम्पनीले आगामी सात महिनाभित्र भवन निर्माणको काम पूरा गर्ने सम्झौता गरेको छ।

भवन निर्माणपछि कृषि र पशुको एउटै भवनबाट सेवा प्रवाह हुने भएकाले किसान तथा पशु पालकहरूलाई  सहज हुने वडा १ का अध्यक्ष राजहरण चौधरीले खुसी व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर