27.7 C
Kalaiya

Tuesday, July 1, 2025
27.7 C
Kalaiya
Tuesday, July 1, 2025

spot_img

कोल्हवीमा करोडौंको लागतमा एकीकृत भवन निर्माण हुँदै

spot_img
spot_img
spot_img
Advertisement

बारा,०३ साउन । बाराको कोल्हवी नगरपालिकास्थित करोडौंको लागतमा कृषि तथा पशु सेवाको लागि एकीकृत भवन निर्माण सुरू भएको छ।

Advertisement
Advertisement

कोल्हवी-१ स्थित कृषि तथा पशु सेवाको लागि एकीकृत भवन निर्माणका लागि मेयर रामप्रसाद चौधरी र उप-मेयर लक्ष्मी कुमारी चौधरीले सयुक्त रुपमा विधिवत पूजापाठ गरी उक्त भवनको शिलान्यास गरेका छन्।

Advertisement
Advertisement

आर्थिक करिडोर कार्यालय (रिड) बर्दिवास महोत्तरीको २ करोड ३९ लाख ४२ हजार ७७४ रुपैयाँ २७ पैसाको आर्थिक सहयोगमा उक्त भवन सीएम कन्स्ट्रक्सन जोरपाटी काठमाडौंले निर्माण गर्ने ठेक्का पाएको छ।

करिडोरले आफ्नो तेस्रो चरणको भवन निर्माण अन्तरगत उक्त भवन निर्माण गर्न लागेको पशु सेवा कार्यालय कोल्हवीका प्रमुख शम्भु पनुहरले जानकारी दिएका छन्।

ठेकदार कम्पनीले आगामी सात महिनाभित्र भवन निर्माणको काम पूरा गर्ने सम्झौता गरेको छ।

भवन निर्माणपछि कृषि र पशुको एउटै भवनबाट सेवा प्रवाह हुने भएकाले किसान तथा पशु पालकहरूलाई  सहज हुने वडा १ का अध्यक्ष राजहरण चौधरीले खुसी व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर