Tuesday, September 8, 2026

हिमालय टीभीलाई एनपीएलको प्रत्यक्ष प्रसारण अधिकार, नेट टीभीलाई ओटीटी प्रसारण अधिकार

Advertisement
Advertisement Advertisement

बारा, २२ भदौ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि मिडिया तथा टिकटिङ अधिकार सम्बन्धी बोलपत्र प्रक्रिया पूरा गरी सफल अधिकारधनीहरूको घोषणा गरेको छ।

क्यानद्वारा जारी विज्ञप्ति अनुसार एनपीएलको विश्वव्यापी ओटीटी अधिकार नेटटीभी प्रा. लि. ले १८ करोड ४ लाख रुपियाँमा प्राप्त गरेको छ। त्यस्तै, नेपाल क्षेत्रका लागि लिनियर टेलिभिजन अधिकार हिमालय टेलिभिजन नेटवर्क प्रा. लि. ले १४ करोड ६४ लाख रुपियाँमा जितेको छ।

टिकटिङ अधिकारको जिम्मा भने ८५ लाख रुपियाँमा इसेवा लिमिटेडलाई दिइएको छ। टिकटिङबाट प्राप्त हुने कुल आम्दानीको ९५ प्रतिशत क्यान र ५ प्रतिशत इसेवालाई प्राप्त हुने व्यावसायिक शर्त तय गरिएको विज्ञप्तिमा उल्लेख छ।

क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा अधिकार प्राप्त गर्ने संस्थाहरूलाई बधाई दिँदै एनपीएलको तेस्रो संस्करणलाई थप सफल, व्यवस्थित र प्रभावकारी बनाउन सबैसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर