Tuesday, September 8, 2026

एसीसी प्रिमियर कप: नेपाललाई हङकङद्वारा २६२ रनको लक्ष्य

Advertisement
Advertisement Advertisement

बारा, २३ भदौ । मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जितका लागि २६२ रनको लक्ष्य पाएको छ ।

क्वालालाम्पुरस्थित बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन बनाएको हो । हङकङका लागि बाबर हयातले ११७ रनको शतकीय इनिङ्स खेले भने शाहिद वसिफले ४५, एहसान खानले ३५ र जिशन अलीले १५ रनको योगदान दिए ।

नेपालका तर्फबाट कसिलो बलिङ गर्दै सन्दीप लामिछानेले चार विकेट तथा शेर मल्लले तीन विकेट लिए ।

जारी प्रतियोगितामा लगातार तीन खेल जितेर ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा रहेको अपराजित नेपालका लागि समूह विजेता बन्न यो खेल जित्नैपर्ने दबाब छ ।

यसअघि नेपालले बहराइनलाई ७ विकेट, आयोजक मलेसियालाई ६ विकेट र साउदी अरेबियालाई ५ विकेटले पराजित गरिसकेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर