Tuesday, September 8, 2026

पूर्वप्रधानमन्त्री सुशीला कार्कीको आह्वान: सुशासनका लागि इमानदार र जिम्मेवार बन्न आग्रह

Advertisement
Advertisement Advertisement

बारा, २३ भदौ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा सुशासन, पारदर्शिता र परिवर्तन कायम गर्नका लागि सबै नागरिक तथा नेतृत्वलाई आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न विशेष आग्रह गरेकी छन्।

जेनजी आन्दोलनको एक वर्ष पुरा भएको अवसरमा सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश जारी गर्दै उनले निर्दोष नवयुवाहरूले सुशासन र उज्ज्वल भविष्यको माग राखेर आवाज उठाउँदा ज्यान गुमाउनु परेको पीडादायी घटनाको स्मरण गरिन्।

आन्दोलनका क्रममा भएको जनधनको ठूलो क्षति, राष्ट्रिय सम्पदाको विनाश र धेरै युवाहरू अपाङ्ग हुनुपरेको घाउ सजिलै नपुछिने उल्लेख गर्दै उनले यस्ता दुःखद घटना अब कहिल्यै दोहोरिन नहुनेमा जोड दिएकी छन्।

कार्कीले संसदीय गणित वा दुई तिहाइ बहुमतले मात्र नभई शासकको चरित्र र कार्यशैलीले मात्र राजनीतिक स्थायित्व दिने स्पष्ट पार्दै सरकारलाई भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न प्रभावकारी कदम चाल्न आग्रह गरिन्।

साथै, देश अहिले भोटेकोशीको विनाशकारी बाढीको अर्को विपद्बाट गुज्रिरहेकाले यस दुःखद् घडीमा सम्पूर्ण नेपालीलाई धैर्य, एकता र आपसी सहाराका साथ एकढिक्का भई सामना गर्नसमेत आह्वान गरेकी छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर