Thursday, July 2, 2026

पूर्वराज्यमन्त्री रायको हत्या

काठमाडौं, ७ साउन । राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति उनको टाउकोको बायाँ भागमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

८० वर्षीय रायको हत्याको कारणबारे खुल्न सकेको छैन् । अहिले घटनास्थलमा तालिम प्राप्त कुकुर समेत परिचालन गरी घटनाबारे अनुसन्धान सुरु भएको सर्लाही प्रहरीले जानकारी दिएको छ । पूर्वराज्यमन्त्री राय २०५० सालमा भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर