Sunday, September 20, 2026

बारामा १ करोड भन्दा बढीको सामानसहित तीन वटा ट्रक प्रहरीको नियन्त्रणमा

Advertisement
Advertisement

कलैया,०६ भदौ । बारा प्रहरीले १ करोड भन्दा बढी मूल्यका भन्सार छलीका सामानसहित तीन वटा ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले जिल्लाको बिभिन्न स्थानबाट गाडीहरूलाई रोकी चेक जाँच गर्ने क्रममा समानहरू सहित तीन वटा ट्रक नियन्त्रणमा लिइएको हो ।

सो ट्रकहरुमा बिल भिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू. १ करोड २९ लाख १८ हजार ७० रूपैया बराबरको सामान रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले जीतपुर सिमरा उप महानगरपालिका वाड नम्बर ७ जीतपुर स्थितमा वीरगंजबाट पथलैया तर्फ जादै गरेको ४ ख ८८७५ नम्बरको ट्रक नियन्त्रणमा लिएको छ ।

सो ट्रकमा लोड रहेको अन्दाजी मुल्य रू. ३३ लाख ३२ हजार २ सय २६ रुपैयाँ बराबरको किराना सामान,नरिवल लगायत हार्डवेयरका तथा अन्य खुद्रा समानहरू बरामद गरेको छ ।

त्यस्तै प्रहरीले वीरगंजबाट पथलैया तर्फ जादै गरेको ना ७ ख ५९२६ नम्बरको डिब्बा ट्रकमा लोड गरेको अन्दाजी मुल्य रू. २८ लाख ९५ हजार ७ सय १३ रुपैयाँ बराबरको लेडिज सुट,ग्लास प्रेम समित र वाटर प्रोफ़ गुलुय लगायतका अन्य खुद्रा समानहरू बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप महानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थितमा बीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ३ ख ७३४२ नम्बरको डिब्बे ट्रकलाई नियन्त्रणमा लिएको छ ।

सो ट्रकमा लोड रहेको अन्दाजी मुल्य रू. ६६ लाख ९० हजार १ सय ३१ रुपैयाँ बराबरको कपडा,ग्लास,फोटो पिक्चर,लेडिज सुट,रिबन,पुजा सामाग्री तथा अन्य खुद्रा सामानहरू बरामद गरेको हो ।

उक्त सामानसहित तिन वटै ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय,पथलैया बारामा पठाईएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले एक प्रेस विज्ञप्ति जारी गर्दै यस बारे जानकारी दिएका हुन्  ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर