बारा, ०३ असोज। बाराको महागढीमाई नगरपालिका–२ इनर्वा चौकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार करिब ४ बजे इनर्वा चौकस्थित सडकमा BR05BV 4176 नम्बरको मोटरसाइकल बाटो काट्दै गरेको कुकुरलाई बचाउने क्रममा अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा मोटरसाइकल चालक महागढीमाई नगरपालिका–२ इनर्वा निवासी ३३ वर्षीय जामुन प्रसाद यादवको टाउकोमा गम्भीर चोट लागेको थियो। गम्भीर घाइते यादवलाई उपचारका लागि वीरगन्जस्थित न्युरो अस्पताल, पर्सा लगिएको थियो।
तर, अस्पतालमा चिकित्सकले जाँच गर्ने क्रममा सोही दिन राति ८ः३५ बजे यादवलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।






