Friday, June 26, 2026

तीजको अवसरमा सिदेश्वर मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड

कलैया,२१ भदौ । हिन्दू धर्मावलम्बी महिलाहरुको महत्वपूर्ण पर्व तीजमा आज विहानै देखि बाराको सिदेश्वर मन्दिरमा दर्शनार्थिहरुको घुइचो लागेको छ ।

पार्वतीले भगवान शिवलाई वर पाउन कठोर तपस्याको रुपमा यो पर्वलाई लिने गरिन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन हरितालिका (तीज) मनाइने गरिन्छ ।

बाराको कलैयामा रहेको सिदेश्वर मन्दिरमा बिहानैदेखि महिलाहरूको भीड लागेको हो ।

मन्दिर परिसरमा दर्शनार्थी महिलाको भीड लाग्नुका साथै महिलाहरूले विभिन्न समूहमा नाचगान गरी तीज मनाइरहेका  छन् ।

तीज पर्वमा महिलाहरूले आज निराहार व्रत बसी आफ्ना पति, घरपरिवारको लामो आयु, सुख, समृद्धिको कामना गर्दै साँझ महादेव मन्दिरमा दर्शन तथा नाचगान गर्दै यो पर्व मनाउने गर्दछन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर