कलैया,०३ असोज । जिल्ला प्रशासन कार्यालय बाराले प्रभातफेरि तथा बृहत सरसफाई गरि १० औं संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराको आयोजनामा भएको कार्यक्रम जिल्ला प्रशासन कार्यालयबाट बाजागाजा सहित निकालिएको र्याली कलैया बजारको विभिन्न भागमा परिक्रमा गरि सिद्धेश्वर मन्दिरको प्राङ्गणमा कोणसभामा परिणत भएको थियो ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको घोषणा गरेका थिए । बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति नरेन्द्र कुमार साह रहनु भएका थिए ।
कोणसभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका सभापति नरेन्द्र कुमार साहले आ-आफ्नो घरमा दिप प्रज्वलन समेत गरि संविधान दिवस मनाउन उनले आग्रह गरेका छन् । सो दिवसको अवसरमा सदिश्वर मन्दिरमा दुई सय बिरुवा वृक्षारोपण गरिएको सभापति साहले बताए ।
उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्का,सशस्त्र प्रहरी बाराका प्रमुख सन्तोष सिंह,राष्ट्रिय अनुसन्धान उप- निर्देशक बाराका प्रमुख अभिनय दिपक खड्का,ज्वाला दल गण बाराका प्रमुख सेनानी कुमार श्रेष्ठ,समाजसेवी,विभिन्न सरकारी कार्यालयका कर्मचारीहरू,सन्चारकर्मीहरू लगायतको उपस्तिथि रहेको थियो ।