Sunday, June 21, 2026

कोल्हवीकी भलिबल खेलाडी चौधरीलाई फाउन्डेसनद्वारा सम्मान

कोल्हवी ,८ असोज । जनशक्ति क्लब कोल्हवीका महिला खेलाडी मिना चौधरी एभरेष्ट महिला भलिबल मधेस युनाइटेड टिममा छनोट भएपछी उनलाई सम्मान गरिएको छ।

एक कार्यक्रमको बिच शान्ति बृद्धा फाउन्डेसन कोल्हवीले सम्मान तथा उनको अभिनन्दन गरेको हो।

फाउन्डेसनका अध्यक्ष प्रेमनारायण चौधरीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको प्रमुख अतिथि कोल्हवी नगरपालिकाकी उपप्रमुख लक्ष्मीकुमारी चौधरीले दोसल्ला ओढाइ सम्मान गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख चौधरीले छनोट भएकी खेलाडी मिना चौधरीलाई आउदो दिनमा अझै मिहिनेत गरेर अगाडी बढन सुझाव दिइन्।

उनले कोल्हवी नगरपालिकाको नाम राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत नाम राख्न सल्लाह दिइन्। साथै यो ठाउँ सम्म पु-याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका जनशक्ति क्लब कोल्हवीमा अध्यक्ष एवम् भलिबल टिमका कोच खुशी चौधरीलाई धन्यवाद दिइन्।

उक्त कार्यक्रममा ईलाका कार्यालय कोल्हवी प्रहरी निरीक्षक किशन बस्नेत,जनशक्ति क्लब कोल्हबिका अध्यक्ष खुशी चौधरी लगाएकाले शुभकामना दिए।

सो कार्यक्रम मार्फत छनोट भएकी मिना चौधरीलाई श्री ग्लोबल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कोल्हवीका प्रबन्ध रिताकुमारी चौधरीले नगद रु. पाँच हजार, तामागढी हस्पिटल प्रा. लि. कोल्हवीले खेलाडीको लागि आवश्यक मेडिकल सामग्री र विभिन्न व्यक्तिहरुले सहयोग गरेका थिए।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल कोल्हवीका प्रमुख सुरेश घलान ,समाजसेवी पारसनाथ चौधरी, वीरेन्द्र पनुहर, तामागढी हस्पिटलका संचालक विवेक थारु, फाउन्डेसनका पदाधिकारीहरु, महिला भलिबल टिमका खेलाडीहरु लगाएका उपस्थिति रहेको थियो ।

अनु चौधरीको संचालनमा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा स्वागत मन्तव्य फाउन्डेसनका सल्लाहकार हरिहर चौधरीले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर