27.4 C
Kalaiya

Wednesday, September 17, 2025
spot_img
27.4 C
Kalaiya
Wednesday, September 17, 2025

बारामा १ लाख २६ हजार बराबरको कपडा बरामद

spot_img
spot_img

कलैया,२० असोज । बारा प्रहरीले पथलैयामा १ लाख २६ हजार बराबरको कपडा बरामद

Advertisement

ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट खटिएको प्रहरी टोलीले शुक्रबार जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर २१ अमलेखगंज चोक स्थितमा पथलैयाबाट काठमाण्डौ तर्फ जादै गरेको ग २ ख ५८६ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त कपडा बरामद गरिएको हो ।

Advertisement

सो बसमा लोड रहेको लेडिज टप सर्ट र पपकन सर्ट बिल बिजक भन्दा बढि सामानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू. १ लाख २६ हजार ५ सय रूपैया बराबरको रहेको प्रहरीले जनाएको छ ।

उक्त कपडालाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले एक प्रेस विज्ञप्ति जारी गर्दै यस बारे जानकारी दिएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर