Wednesday, July 8, 2026

निजगढमा तिलगंगा सामुदायीक आँखा अस्पतालको उद्घाटन

जितपुर,२९ कार्तिक । बाराको निजगढमा निजगढ तिलगंगा सामुदायीक आँखा अस्पतालले आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरेपछि बुधबार उद्घाटन गरिएको छ ।

मधेश प्रदेशका मुख्य मन्त्री सत्तीस कुमार सिँहले उद्घाटन गर्नुभएको हो । स्वास्थ्यका सुचाङ्कहरुमा मधेश प्रदेश कमजोर रहेको अवस्थामा यस्ता सुबिधा सम्पन्न अस्पताल मधेश प्रदेशमा खुल्नु खुसीको कुरा भएको बताउँनुभयो ।

बाराबासीले बिश्व तहको सेवा आफनो स्थानीय स्तरमा पाउँनु भाग्यको कुराको रुपमा ब्याख्या गर्नुभयो । मधेश प्रदेश सरकारबाट हुन सक्ने आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

उहाँले सप्तरी जिल्लामा पनि यस्तो अस्पताल खोेल्न आग्रह गर्नुभयो । जसकोलागि प्रदेश सरकारले हातेमालो गर्ने बताउँनुभयो । कार्तिक २८ गते देखि अस्पतालले आफनै भवनबाट सेवा सुचारु गरेको छ ।

बारामा उत्कृष्ट, सुलभ एवम पहुँचयोग्य उपचार प्रदान गर्ने उदेश्यले स्थापना भएको अस्पताल बाताबरण र अत्याधुनिक सुबिधा सम्पन्न भएको निजगढमा तिलगंगा सामुदायीक आँखा अस्पतालको दाबी छ ।

करिब ३१ करोडको लागतमा निजगढ तिलगंगा सामुदायीक आँखा अस्पतालको निर्माण भएको अस्पताल स्रोतले जनाएको छ ।

स्थानीय स्तरमा आँखाको उपचारमा सर्वसाधारणको सहज पहुँच बिस्तारका लागि निजगढ लगायत देशका विभिन्न २० स्थानमा अस्पतालहरूमार्फत् तिलगंगा अस्पतालले आँखा उपचार सेवा प्रदान गर्दै आएको छ।

अस्पताल व्यवस्थापनका अनुसार निजगढमा अस्पतालबाट बिरामीहरुलाई बहिरंग सेवा,विशेषज्ञ सेवा,बिस्तारित सेवा र नियमित शल्यकृया सेवा पाउनेछन् ।

तिलगंगा नेत्र चिकित्सालयले पहिला निजगढमा प्राथमिक स्तरको आँखा उपचार सेवा प्रदान गरिरहेको थियो । आँखाको उपचारका लागि तिलगंगा सामुदायीक आँखा अस्पताल बिश्वमै प्रख्यात छ ।

नेपाल आँखा कार्यक्रमका अध्यक्ष सुहरिद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मनतब्य कार्यकारी निर्देश प्रोफेसर डा.सन्तुक रोईतले ब्यक्त गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर