16.9 C
Kalaiya

Friday, November 14, 2025
spot_img
16.9 C
Kalaiya
Friday, November 14, 2025

बारामा छ जना फरार प्रतिवादी पक्राउ

spot_img
spot_img

कलैया ०७ मंसिर । बारा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका छ जनालाई पक्राउ गरेको छ।

Advertisement

ईलाका प्रहरी कार्यालय कबही गोठले चेक अनादर मुद्दामा एक हजार रुपैयाँ जरिवाना सजाय पाएको सुवर्ण गाउँपालिका वडा नम्बर २ कबही गोठ निवासी राजिव यादव तथा पाँच सय जरिवाना लागेका कबहीगोठ निवासी धर्मवीस यादवलाई प्रहरीले पक्राउ गरेको हो।

Advertisement

ईलाका प्रहरी कार्यालय सिम्रौनगढले चेक अनादर यादव मुद्दामा एक हजार रुपैयाँ जरिवाना लागेका सिम्रौनगढ ८ निवासी अनिरुकुमार यादवलाई पक्राउ गरेको हो।

Advertisement

ईलाका प्रहरी कार्यालय निजगढले हातहतियार तथा खरखजाना मुद्दामा तीन महिना कैद तथा पाँच हजार जरिवाना लागेका मंललाई भन्ने मंगलबहादुर पाख्रिनलाई पक्राउ गरेको हो।

अस्थायी प्रहरी पोष्ट गंगापुरले सवारी ज्यान मुद्दामा एक वर्ष कैद सजाय पाएका कलैया उमनपा १८ निवासी श्यामकुमार बैठालाई पक्राउ गरेको छ।

प्रहरी चौकी मटिअर्वाले लागु औषध मुद्दामा दुई महिना कैद पाएका कलैया उमनपा १२ शितलपुर निवासी मनोज साहलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका हुन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर