22.7 C
Kalaiya

Tuesday, March 18, 2025
22.7 C
Kalaiya
Tuesday, March 18, 2025

spot_img

बारामा लागूऔषध गाँजासहित दुई जना पक्राउ

spot_img
spot_img

कलैया,१२ मंसिर । बारा प्रहरीले १ सय ७० किलो लागूऔषध गाँजासहित दुई जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको कोल्हवी नगरपालिका -५ सोनाभार टोल बस्ने अन्दाजी ५० वर्षीय रमोद चौधरी र सोही ठाउँमा बस्ने दिनदयाल चौधरीको श्रीमति अन्दाजी ५२ वर्षकी मनमती देवी चौधरी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनिहरुको साथबाट १ सय ७० किलो (२१ पोका) लागु औषध गाँजा बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ५ सोनाभार स्थित दिनदयाल चौधरीको घरमा लागू औषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा उक्त लागू औषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

दिनदयाल चौधरीको घरमा खानतलासी गर्दा रातो रंगको प्लाष्टिकले बेरी राखेको २१ पोका – १ सय ७० किलो लागू औषध गाँजा प्रहरीले बरामद गरेको हो ।

उक्त दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहिको प्रकृया अगाडि बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका हुन्  ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर