16.8 C
Kalaiya

Tuesday, December 16, 2025
spot_img
16.8 C
Kalaiya
Tuesday, December 16, 2025

क्याम्पस प्रमुख हरिभुषण कुशवाहा हत्याका मुख्य अभियुक्त सार्वजनिक

spot_img
spot_img

कलैया, १३ मंसिर ।  बारा प्रहरीले रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभुषण कुशवाहा हत्याक मुख्य अभियुक्तलाई सार्वजनिक गरेको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरी कुशवाहा हत्याको मुख्य अभियुक्त सुरेन्द्र कुशवाहालाई बिहीवार सार्वजनिक गरेको हो। जेठ ३२ गते शुक्रबारका दिन रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालिन क्याम्पस प्रमुख कुशवाहाको हत्या भएको थियो। जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर २ खजुरीया भन्ने ठाउँमा उनको हत्या भएको हो। आफ्नो घरबाट कलैयाबजारतर्फ आउने क्रममा साँझमा गोली हानी कुशवाहाको हत्या भएको थियो।

Advertisement

उक्त घटनामा संलग्न रहेका जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर २ घर भएका नेपाली सेनाका भगौडा ४१ वर्षीय सुरेन्द्र प्रसाद कुशवाहालाई प्रहरीले सार्वजनिक गरेको हो। सुरेन्द्र समेत १७ जनाले एकिकृत भई  क्याम्पस प्रमुखको गोली हानी कर्तब्य गरी हत्या गरेको प्रहरीको दावी रहेको छ। गाँऊघरमा सबैलाई त्रसित बनाउने पृष्ठभूमि सुरेन्द्रको भएको प्रहरीले जनाएको छ।

Advertisement

सो घटनाको अनुसन्धान गर्दै जाने क्रममा तत्कालै पक्राउ परेका चन्द्रमणी प्रसाद कुशवाहा, चाँदशी प्रसाद कुशवाहा, सुमेद कुमार कुशवाहा, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रबण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरी गरी आठ जनालाई बारा जिल्ला अदालतको आदेशले  पूर्पक्षको लागि जेल चलान गरेको  बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।

राधेस कुमार पटेल र विनोद राउत कुर्मी धरौटीमा छुटेका छन्। उक्त घटनामा प्रयोग भएको हतियार पेस्तोल थान–२, गोली सात राउण्ड, मोटरसाईकल चार वटा, मोबाईल चार वटा, ल्यापटप दुई वटा, सिम कार्ड सात वटा  ७ बरामद भएको छ। प्रहरीले  अनुसन्धान प्रकृया पुरा गरेको छ।

उक्त घटनामा संलग्न भएको भनिएका अनुसन्धानबाट मुख्य अभियुक्त खुलेका तत्कालिन घाईते पछी मृत्यु भएका हरिभुषणप्रसाद कुशवाहाले समेत मर्नु भन्दा अगाडी मुख्य अभियुक्तको रुपमा  सुरेन्द्रप्रसाद कुशवाहालाई खुलाएको प्रहरी उपरीक्षक खडकाले जानकारी दिए।

घटना पश्चात मुख्य अभियुक्त सुरेन्द्र  भारतको बिभिन्न ठाउँमा तथा कहिले नेपालको बिभिन्न ठाउँमा लुकिछिपी रहेका छन भने सूचनाका आधारमा प्रहरीले अनुसन्धान गरेको हो ।

हाल मोरङ्ग जिल्लामा लुकिछिपी बसेका छन भने जानकारी प्राप्त हुन आएपछि जिल्ला प्रहरी कार्यालय बाराको अथक प्रयास पछी जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको बिशेष टोलीले बुधबार पक्राउ गरी ल्याएको प्रहरी उपरीक्षक खड्काले बताए ।

अभियुक्तहरुलाई ज्यान सम्बन्धी र हातहतियार खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता भई प्रारम्भिक सुनुवाई समेत पुरा भएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर