बारा, १६ मङ्गसिर । सिरहामा नम्बर नखुलेको गाडीको ठक्कर बाट एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सशस्त्र प्रहरीका सई लक्ष्मण यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक वीरेन्द्रकुमार पासवानले बताए ।
बरियारपट्टी गाउँपालिका-१ कचनारी बोर्डर नजिक चेक जाँचका लागि खटिएका यादवलाई ठक्कर दिएर भागेको हो । ठक्करबाट गम्भीर घाइते यादवको आज बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल लहानमा मृत्यु भएको प्रवक्ता पासवानले बताए ।
ठक्कर दिने गाडीको खोजी र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।