Wednesday, August 5, 2026

बारामा निशुल्क आखाँ शिविर सम्पन्न

बारा,०८ पुस । बारामा निशुल्क आखाँ शिविर सम्पन्न भएको छ । जिल्लाको कलैया उपमहानगरपालिका वडा नं १० मटिअर्वामा माट्रिका आई फाउन्डेसनद्वारा आयोजित निशुल्क आखाँ शिविर सम्पन्न भएको हो ।

नेकपा माओवादी कलैया उपमहानगरपालिकाका नगर उपाध्यक्ष तथा युवा नेता आबिद अंसारीको आयोजनामा निशुल्क आखाँ चेकजाँच शिविर सम्पन्न भएको हो। उक्त शिविरमा आखाँ चेकजाँच गर्नुको साथै निशुल्क औषधी पनि वितरण गरिएको थियो ।

शिविरमा मटिअर्वासंगै निलकण्ठवा, धर्मनगर र बसतपुरका पनि आखाँका बिरामीहरू चेकजाँच गराएका थिए। उक्त शिविरमा ३२७ जनाको चेकजाँच गर्दा १०५ जनालाई मोतियाबिन्दुको समस्या देखिएको थियो।

मोतियाबिन्दुको समस्या देखिएकाहरुलाई आयोजक अंसारीले निशुल्क रुपमा शल्यक्रिया गर्न अस्पताल पुर्याउने व्यवस्था गरेका छन्। भने उक्त शिविर सो गाँउको सबैभन्दा पुरानो तथा ठुलो श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय मटिअर्वामा आयोजना गरिएको थियोे।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर