35 C
Kalaiya

Wednesday, September 3, 2025
spot_img
35 C
Kalaiya
Wednesday, September 3, 2025

जीतपुरसिमरा उपमहानगरको १० औं नगरसभाको रिट निर्देशनात्मक आदेश खारेज

spot_img
spot_img

बारा,०८ पुस । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको १० औँ नगर सभा विरुद्ध परेको रिटमा उच्च अदालत जनकपुरको अस्थायी इजलास बिरगंजले रिट खारेजको निर्देशनात्मक आदेश जारी गरेको छ ।

Advertisement

न्यायधिशद्धय ऋषिराम निरौला र भरत लम्सालको ईजलासले रिट खारेजको निर्देशनात्मक आदेश जारी गरेको हो । उपमहानगरका उप-प्रमुख भोलाप्रसाद अधिकारीसहित ९१ जना नगर सभा सदस्यहरुले गत असार १० गते सम्पन्न भएको नगरसभा नियम विपरीत भएको भन्दै नगर सभा बदरको माग गर्दै उच्च अदालत पुगेका थिए ।

Advertisement

नगर प्रमुख राजन पौडेल र प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले विरुद्ध उत्प्रेरण परमादेशको माग राखेर असार २३ गते उच्च अदालत अस्थायी इजलास वीरगञ्जमा रिट दर्ता गराएका थियो । रिट खारेजको निर्देशनात्मक आदेशको पुर्णपाठ आउन बाकीँ छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर