बारा,०९ पुस । बाराको जितपुर सिमरा उप-महानगरपालिका- ११ स्थित सडक छेउमा बागमती प्रदेश ०१-०२८-च ७६१६ नम्बरको कारभित्र मृत अवस्थामा भेटिएका पुरुषको गोली लागेको पुष्टि भएको छ ।
गत शनिबार बिहान मृत भेटिएका ब्यक्ति प्रहरी कर्मचारी राजकुमार रुम्बाको गोली लागेको पुष्टि भएको प्रहरीले जनाएको छ । बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्काका अनुसार रुम्बाको टाउकोमा एक राउन्ड गोली हानिएको शवको पोष्टमार्टम रिर्पोटपछि पुष्टी भएको छ ।
मृतक रुम्बा सिमरा एयरपोर्टमा नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा कार्यरत रहेका थिए।
घटनाको बिषयमा थप अनुसन्धान कार्य भैइरहेको र हत्यामा संलग्नहरुको खोजी कार्य भैइरहेको प्रहरी उपरिक्षक खड्काले बताए ।