23.9 C
Kalaiya

Tuesday, October 14, 2025
spot_img
23.9 C
Kalaiya
Tuesday, October 14, 2025

वीरगन्ज बाट लागूऔषध गाँजा र ट्रकसहित दुई जना पक्राउ

spot_img
spot_img

वीरगन्ज,१५ पुस । वीरगन्ज बाट लागूऔषध गाँजा र ट्रकसहित दुई जना पक्राउ परेका छन ।

Advertisement

वीरगन्ज महानगरपालिका-१८ भवानीपुर सिताराम चोकबाट प्रहरीले ट्रक र १६० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालले बताए ।

Advertisement

मकवानपुर हेटौंडा उपमहानगर-७ कमाने बस्ने ४४ वर्षीय कृष्ण घलान र चितवनका २० वर्षीय रोनाल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरू ना.३ ख ४२१२ नम्बरको ट्रकमा परवानीपुरबाट ड्राइपोर्ट जाँदै थिए। प्रहरीको विशेष टोलीले जाँच गर्दा १६ वटा १० किलोका पोका बरामद भएका थिए।

Advertisement

त्यसभित्र गाँजा रहेको खुलेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर