Tuesday, June 23, 2026

बाराको जीतपुरसिमरा उपमहानगरले माग्यो २६ जना नगर प्रहरी

बारा,१९ पुस । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले नगर प्रहरी भर्ना आह्वान गरेको छ । उपमहानगरले एक सुचना प्रकाशित गर्दै २६ जना नगर प्रहरीका लागि कर्मचारीको माग गरेको हो ।

उपमहानगरले एक नगर प्रहरी निरीक्षक २ नगर प्रहरी सहायक निरिक्षक २२ नगर प्रहरी जवान र एक नगर प्रहरी हलुका सवारी चालक पदका लागि कर्मचारीको माग गरेको हो ।

सूचना अनुसार माघ ४ गतेसम्म इच्छुक नागरिकले आवेदन दिने सक्नेछन । नगर प्रहरी निरीक्षकको लागि १ हजार ,नगर प्रहरी सहायक निरिक्षकका लागि ७ सय ,नगर प्रहरी जवानको लागि ५ सय र नगर प्रहरी सवारी चालक पदका लागि ५ सय रुपैयाँ दर्खास्त बापत शुल्क लाग्न छ ।

सूचना

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर