बारा,१९ पुस । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले नगर प्रहरी भर्ना आह्वान गरेको छ । उपमहानगरले एक सुचना प्रकाशित गर्दै २६ जना नगर प्रहरीका लागि कर्मचारीको माग गरेको हो ।
उपमहानगरले एक नगर प्रहरी निरीक्षक २ नगर प्रहरी सहायक निरिक्षक २२ नगर प्रहरी जवान र एक नगर प्रहरी हलुका सवारी चालक पदका लागि कर्मचारीको माग गरेको हो ।
सूचना अनुसार माघ ४ गतेसम्म इच्छुक नागरिकले आवेदन दिने सक्नेछन । नगर प्रहरी निरीक्षकको लागि १ हजार ,नगर प्रहरी सहायक निरिक्षकका लागि ७ सय ,नगर प्रहरी जवानको लागि ५ सय र नगर प्रहरी सवारी चालक पदका लागि ५ सय रुपैयाँ दर्खास्त बापत शुल्क लाग्न छ ।
सूचना