Saturday, September 19, 2026

बारामा ट्रकको ठक्करबाट वीरगन्जका दुई जना गम्भीर घाइते

Advertisement
Advertisement

कलैया २४, पुस। बारामा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भएका छन्।

जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं १० नितनपुरमा वीरगन्ज-पथलैया सडकखण्डमा पथलैयातर्फ जादै गरेको ना ३ ख ७०५२ नम्बरको ट्रकले सोहि दिशातर्फ जादै गरेको ना १८ प ६९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नगवाका २ जना गम्भीर घाइते भएका हुन्।

घाइते हुनेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नं १६ नगवा निवासी मंगल साहको छोरा २५ वर्षिय महेश साह, त्यहि बस्ने २४ वर्षिय निरज कुमार पण्डित रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो।

घाइते साहको हात खुट्टा तथा शरीरको विभिन्न भागमा चोट लागेको र पण्डितको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको अवस्था गम्भीर रहेको छ। उनीहरुलाई उपचारको लागि बाराको नौतन स्थित एलएस न्युरो अस्पतालमा लगिएको छ। घटना हिजो राति साढे १२ बजे भएको थियो।

यस्तै ठक्कर दिने ट्रक चालक फरार रहेका छन् भने ट्रकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रवक्ता सापकोटाले बताउनुभयो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर