Monday, September 21, 2026

महशुल नतिरेको भन्दै मेयरको घरमा लाईन काट्न गएका कर्मचारीहरुलाई नगर प्रहरीले घेरेपछि…

Advertisement
Advertisement

कलैया, २९ पुस। बाराको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवको घरमा लाईन काट्न गएको विधुत प्राधिकरण कर्मचारीहरुलाई नगर प्रहरीले नगरपालिकामा थुनेका छन्।

बिधुत महशुल बक्यौता रहेका ग्राहकहरुको घरको लाइन काटन बिधुत प्राधिकरण कलैया बितरण केन्द्रका कर्मचारीहरु तथा नेपाल प्रहरीको संयुक्त टोली महागढीमाई नगरपालिका क्षेत्रमा खटिएका थिए। बिधुत महशुल नतिर्नेमा नगर प्रमुखको घर पनि थियोे।

मेयर उपेन्द्र प्रसाद यादवको नाममा दर्ता रहेको ग्राहक नं ००६-०९-०६५बी मा ३ लाख ६४ हजार ९२१ रुपैयाँ ७४ पैसा बाकी रहेको थियोे। उनको घरको लाईन काट्दा मेयर यादवले स्वयं नगर प्रहरी खटाई नेपाल प्रहरी र कर्मचारीहरुलाई अपहरण शैलीमा नियन्त्रणमा लिएको बिधुत प्राधिकरण कलैया बितरण केन्द्रका कार्यालय प्रमुख ऋषि कुमार बर्णवालले आरोप लगाउनुभयो।

उता कर्मचारीहरुको मनोबल गिराउने काम भएको भन्दै निज कर्मचारीहरुलाई तत्काल रिहा गर्न र दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ ईकाई समिति कलैयाले प्रेस विज्ञप्ति जारी गर्दै कार्वाहीको माग गरेको छ । कार्वाही नभए प्राधिकरणका सम्पुर्ण कर्मचारी कामकाज ठप्प गर्ने चेतावनी पनि विज्ञप्तिमा जनाईएको छ।

नगर प्रमुखले के भने?
हामीले महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवसँग सम्पर्क गर्दा उनले नियन्त्रणमा नलिएको बताए । हामीसँग कुराकानी गर्दै उनले भने, “गढिमाईको मेलाको समयमा प्राधिकरणले बिना सुचना मेरो पालिकाको ४३ घरमा लाईन काटि सकेको थियो। म अग्रिम सुचना दिएर लाईन काट्न आउनुहोस् भन्न नगरपालिकामा बोलाएको थिए। “

तपाईंको कति वर्षको बिधुत महशुल भुक्तानी गर्न बाँकी छ? भन्ने अर्को प्रश्नमा उनले थपे, “कति छ मलाई याद भएन तर पनि जति बाँकी थियो आजै पुरै तिरि दिएको छु।”

सामाचार तयार पार्दासम्म नेपाल प्रहरी र बिधुतका कर्मचारीहरु छुटि सकेका छन्।
विज्ञप्ति

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर