Saturday, September 26, 2026

धार्मिक पर्यटकीय क्षेत्रबारे सिम्रौनगढमा ‘सेमिनार’ गरिने

Advertisement
Advertisement

बारा,१० माघ । बाराको सिम्रौनगढमा ऐतिहासिक, पर्यटकीय, पुरातात्विक तथा धार्मिक स्थलबारे सेमिनारको आयोजना हुने भएको छ।

सिम्रौनगढ नगरपालिकाको सहयोगमा वीणा फाउण्डेशनले अगामी फागुन ९, १० र ११ गते ३ दिन सेमिनार गर्ने भएको हो। बुधबार सिम्रौनगढ नगरपालिकाको सभाहलमा सेमिनार बारे अन्तरक्रिया तथा छलफल भएको थियो ।

उक्त अन्तरक्रियामा सिम्रौनगढको सांस्कृतिक सम्पदाको संरक्षण एवम् पुनर्जीवन, पर्यटन प्रवर्द्धन गरी स्थानीय तथा राष्ट्रिय स्तरमा आर्थिक गतिविधि बढाउने, सिम्रौनगढको ऐतिहासिक महत्वलाई देश तथा विदेशमा उजागर गर्ने विषयमा छलफल भएको थियो। त्यस्तै उक्त कार्यक्रममा पुरातात्विक भ्रमण, स्थानीय कलाकृतिको प्रदर्शनी, सांस्कृतिक प्रदर्शनी, सेमिनार, नृत्य लगायतको विषयमा छलफल गरिएको हो।

सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरि प्रसाद कलवारको अध्यक्षतामा सम्पन्न उक्त छलफल कार्यक्रममा कलैया उपमहानगरपालिकाकी नगर उपप्रमुख रौशन परविन, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, बारागढी गाँउपालिकाका अध्यक्ष अशोक जयसवाल, प्रसौनी गाउँपालिकाका अध्यक्ष बिनोद जयसवाल, करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादव र सो नगरपालिकाकाका वडा अध्यक्षहरु अवधेश सहनी, नन्दकिशोर प्रसाद जयसवाल, एजुलाह अंसारी, राम दिनेश प्रसाद यादवको उपस्थिति रहेको थियोे।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर