बारा,२५ माघ ।आज साताको कारोबारको अन्तिम दिन सुनको मूल्य घटेको छ ।
आज (शुक्रबार) सुनको मूल्य तोलामा ४ सयले घटेर १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मुल्य भने ५ रुपैयाँ बढेर १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।