Wednesday, July 22, 2026

पत्नी सुत्केरी भएपछि ससुरालीमा पठाइएका अंश जब मृत फेला परे

वीरगन्ज, माघ २७। बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं ७ बाट गत माघ १७ गते बिहीबारदेखि बेपत्ता भएका बालकको शव फेला परेको छ । रौतहटको दुर्गा भवानी गाउँपालिका वडा नं १ निवासी रितेश चौधरीको छोरा ३ वर्षिय अंश चौधरीको शव शनिवार दिउँसो फेला परेको हो ।

बालकको शव पर्साको वीरगन्ज महानगरपालिका वडा नं ३२ र बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं ७ लाई जोड्ने टेढाको बाटोको कियासोती खोलामा जिउ सुनिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुभद्रा लामा वाइबाले जानकारी दिनुभयो।

भेटिएको शवको सनाखत बालकले लगाएको माला, जन्तर, कपडा र टाउको मुण्डनको आधारमा आफन्तहरुले गरेका थिए। उनको शव पहिचान गर्न आमा, बुवा, हजुर आमा, मामा, माईजु लगायत घटना स्थलमा पुगेका थिए।


खोजी गर्न तालिम प्राप्त कुकुरको प्रयोग

बेपत्ता बालकलाई खोजी गर्न बारा प्रहरीले तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको थियो। भने खोजी कार्यमा स्थानीयवासी, प्रहरी र विभिन्न सङ्घसंस्थाको समेत सहकार्य गरेका थिए।

उक्त घटनाले स्थानीय समुदायमा ठूलो शोक र त्रासको वातावरण सिर्जना भएपछि प्रहरीले घटनाको बारेमा विस्तृत अनुसन्धान अघि बढाइसकेको छ ।

मृत भेटिएका ३ वर्षिय बालक अंशु चौधरी बोल्न नसक्ने अवस्थाका थिए। रौतहटको चन्द्रनगर नगरपालिका बजारमा कोठा भाडामा लिएर बसिरहेका मृतकका बुबा बालकका बुवा रितेश चौधरी सामान्य परिवारका हुन् । पत्नी सुत्केरी भएकाले छोरालाई ससुरालीमा छाडेको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर