बारा, २७ माघ । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ सेतिदोभानमा बिहान बस दुर्घटना भएको छ । दुर्घटनामा परी २५ यात्रु घाइते भएका छन् । घाइतेमध्ये ११ महिला र १४ पुरुष रहेका छन्।
नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको लु ३ प ००१ ख ००७७ नम्बरको बस आइतबार बिहान ४:४५ बजे पुलबाट करिब २० मिटर तल खोलामा खसेर दुर्घटनाग्रस्त भएको हो ।
अधिकांश घाइतेको अवस्था मध्यम रहेको छ भने केही सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेलाई चितवन मेडिकल कलेज भरतपुरमा उपचारका लागि पुर्याइएको प्रहरीले जनाएको छ ।
टायर पञ्चर भएपछि सन्तुलन गुमेर दुर्घटना भएको बुझिएको प्रहरीले जनाएको छ।