Saturday, June 27, 2026

बारामा स्रोत नखुलेको रकमसहित ३ जना पक्राउ

बारा,२७ माघ। बारामा स्रोत नखुलेको रकमसहित ३ जना पक्राउ परेका छ्न ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट प्रहरीले स्रोत नखुलेको १० लाख १७ हजार ५०० नेपाली रुपैयाँ र एक लाख ४७ हजार ५०० भारुसहित ३ जनालाई पक्राउ गरेको हो ।

नारायणगढबाट वीरगन्जतर्फ आउदै गरेको ना५ख ६५४४ नम्बरको बसमा सवार ३ जनालाई उक्त नगदसहित शनिबार साझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक ५० वर्षीय उजिर मियासहितका व्यक्तिहरू छन् । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर