Saturday, September 26, 2026

‘प्रेम गरेका कारण दलितहरूको घरवास उठीवास लाग्नुपर्ने हो ?’

Advertisement
Advertisement

बारा, २८ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले दलितहरूमाथि राज्यबाटै भइरहेको विभेदको सरकारसँग जवाफ मागेका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद परियारले दलित समुदायका नागरिकलाई मान्छे हुन नदिन राज्यका संयन्त्रहरू परिचालन गरिएको समेत आरोप लगाएका छन। उनले व्यवस्था परिवर्तन गरेर संविधान निर्माण भइसक्दा समेत दलित समुदायका नागरिकले गैरदलितसँग विवाह गरेकै कारण मारिनु परेको बताएका छ्न।

उनले भने, “दलितमाथि हरेक वर्ष भइरहेको अन्याय र हत्याको विरुद्ध कानुन बनाएर ठोस कदम चाल्न म सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । हामीले व्यवस्था परिपर्वन गर्यौँ । संविधान बनायौँ तर आज दलित समुदायका नागरिकले गैरदलितसँग विवाह गरेका कारण मारिनुपर्ने, प्रेम गरेका कारण दलितहरू घरबास उठीबास लाग्नुपर्ने अनि राज्यका संयन्त्र र संस्थानहरू र दलितलाई मान्छे हुन नदिनको लागि प्रयोग हुनुपर्ने ?”

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर