बारा, २९ माघ। सरकारले केहि दिन अघि ल्याएको भूमी सम्बन्धी अध्यादेशलाई जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन नगर्ने भएको छ ।
मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकारले ल्याएको भूमी सम्बन्धी अध्यादेशमा प्रतिनिधि सभा र राष्ट्रियसभामा समर्थन नगर्ने निर्णय गरेको सांसद प्रकाश अधिकारीले जानकारी दिएका छन ।
सरकारले संसद् अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । बाँकी ५ वटा अध्यादेश अगाडि बढाउने सन्दर्भमा स्वीकृतिका लागि सकारात्मक रहने पार्टीले निर्णय गरेको हो।