Monday, June 22, 2026

विभिन्न मुद्दामा फरार प्रतिवादी बारा प्रहरीको नियन्त्रणमा

कलैया, ३० माघ। जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न मुद्दामा फरार ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरु कलैया उपमहानगरपालिका वडा नं ४ अदालत रोड बस्ने २४ वर्षिय दिपक कुमार सहनी, प्रसौनी गाउँपालिका वडा नं २ प्रसौनी बस्ने ३५ वर्षिय बिरेन्द्र कुमार गुप्ता र प्रसौनी गाउँपालिका वडा नं ६ बेलहिया बस्ने २९ वर्षिय शिव शंकर पटेल रहेका छन्।

उनीहरु बारा जिल्ला अदालतबाट क्रमश नकबजनी चोरी मुद्दामा ३ महिना जेल सजाय ५ हजार जरिवाना, चेक अनादर मुद्दामा ७ दिन जेल सजाय २ हजार जरिवाना र मोटर चोरी १ महिना जेल सजाय र १ हजार जरिवाना नतिरी फरार रहेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर