Tuesday, September 22, 2026

नाबालिकालाई दबाब दिई अनुचित लाभ लिन खोज्ने व्यक्ति पक्राउ

Advertisement
Advertisement

बारा,०१ फागुन । नाबालिकालाई दबाब प्रभावमा पारी अनुचित लाभ लिन खोज्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ खरिबोट बनस्थली बस्ने २० वर्षीय आयुष कुँवर रहेको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जाल स्न्यापच्याटबाट पीडितलाई साथी बनाई फकाईफुल्याई अनलाइन माध्यमबाट अश्लिलता प्रदर्शन गर्न वाध्य पारी स्क्रिन रेकर्ड गरी अनुचित लाभ लिन खोजेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न कुँवरलाई काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो ।

पक्राउ परेका कुँवर माथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर