26.7 C
Kalaiya

Friday, March 21, 2025
26.7 C
Kalaiya
Friday, March 21, 2025

spot_img

बाराको आदर्श कोतवालमा मोटरसाइकल दुर्घटना : थप एक जनाको मृत्यु

spot_img
spot_img

बारा,०२ फागुन । बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ८ कोतवालीमा बिहीवार राती मोटरसाइकल दुर्घटना हुँदा घाइते मध्ये थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिमरौनगढ नगरपालिका वडा नम्बर २ महुवाहीका प्रदीप साह रहेको प्रहरीले जनाएको छ । यस अघि बिहिबार राति नै बारागढी गाउँपालिका २ सुखीपथराका शिवदयाल साहको उपचारको क्रममा मृत्यु भएको हो । यो सगैं मृतकको शंख्या दुई पुगेको छ । 

आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ८ कोतवाली बौद्धि चौकदेखि पूर्व कुशवाहा पेट्रोल पम्प नजिक दुई भारतीय मोटरसाइकल एक आपसमा ठोक्किदा ५ जना घाइते भएका थिए । दुर्घटनामा घाइते भएका अन्य तीन जनाको एलएस न्यूरो अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर