Thursday, September 10, 2026

“विप्रेषणले धानेको अर्थतन्त्र, टेको लगाएर उभिएको घर जस्तै हो”

Advertisement
Advertisement Advertisement

हाम्रो देश नेपालको अर्थतन्त्र आजको दिनमा विप्रेषणले धानेको छ। विप्रेषण भनेको विदेशमा श्रम गरेर बसेका नेपालीहरूले आफ्ना परिवार र देशमा पठाउने रकम हो। नेपालको अर्थतन्त्रमा विप्रेषणले धेरै पक्षमा सकारात्मक प्रभाव पारेको छ। वर्तमान अवस्थामा देशमा रोजगारी र आम्दानीको प्रमुख स्रोतको रूपमा विप्रेषणले ठूलो योगदान दिइरहेको छ। यसले धेरै नेपाली परिवारहरूलाई नियमित आम्दानीको माध्यम उपलब्ध गराएको छ, जसले गरीबी हटाउन पनि सघाएको देखिन्छ।

त्यस्तै, विप्रेषण नेपालको विदेशी मुद्राको प्रमुख स्रोत हो। यसले देशको भुक्तानी सन्तुलन सुधार्न सहयोग गरेको छ। साथै, विप्रेषणको कारणले उपभोग बढेको छ — जस्तै घरखर्च, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा खर्च वृद्धि भई आन्तरिक बजारलाई चलायमान बनाएको छ।

यसका साथै, विप्रेषणले बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप बढाएको छ, जसले वित्तीय समावेशीकरणमा टेवा पुर्‍याएको छ। वित्तीय पहुँच विस्तार हुनु पनि यसको महत्त्वपूर्ण सकारात्मक पक्ष हो।

यी सबै पक्षहरू नियाल्दा, अहिलेको नेपालको अर्थतन्त्र पूर्ण रूपमा विप्रेषणमा निर्भर देखिन्छ — जस्तो कि एउटा घर टेकोको भरमा उभिएको हुन्छ, त्यसरी नै हाम्रो अर्थतन्त्र विप्रेषणको टेकोमा उभिएको छ।

यदि कुनै कारणले विप्रेषणको प्रवाह रोकिन्छ वा एकाएक धेरै मात्रामा घट्छ भने, विदेशी मुद्रा सञ्चिति ह्वात्तै घट्नेछ। त्यसले गर्दा आयातमा आधारित हाम्रो देशमा सामग्री आयात गर्न गाह्रो हुनेछ, उपभोगशक्ति कमजोर हुनेछ, बेरोजगारी झनै बढ्नेछ, आम्दानीमा असमानता गहिरिनेछ, गरिबी बढ्नेछ, र बैंक तथा वित्तीय संस्थाहरूमा नगद प्रवाहमा गिरावट आउनेछ — जसले समग्र आर्थिक प्रणालीलाई संकटमा पार्न सक्छ।

समष्टिगत रूपमा हेर्दा, नेपालको अर्थतन्त्र अहिले विप्रेषणको टेकोमा उभिएको छ। यदि दीर्घकालीन समृद्धिको बाटोमा अघि बढ्न देशभित्रै उत्पादनमुखी नीति र नवीन रणनीतिहरू अवलम्बन गरिएन भने, जसरी टेको हट्दा घर भत्कन्छ, त्यसरी नै विप्रेषण बिना देशको अर्थतन्त्र संकटमा पर्ने निश्चित छ।

लेख: आशुतोष ठाकुर

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर