Saturday, September 26, 2026

कलैयामा खुल्यो निशुल्क ‘कपडा बैंक’

Advertisement
Advertisement

बारा, ०२ फागुन । बाराको सदरमुकाम कलैयामा निशुल्क ‘कपडा बैंक’ शुभारम्भ गरिएको छ ।

ग्रामिण उत्थान अभियान कलैयाको आयोजनामा लत्ताकपडा खरीद गर्न नसक्ने गरीब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले निशुल्क ‘कपडा बैंक’ स्थापना गरिएको छ । आर्थिक अवस्था कमजोर भएका गरीब परिवारका व्यक्तिले आफूलाई चाहिएको कपडा छानीछानी पैसा नतिरी लैजानसक्ने व्यवस्था उक्त बैंकले गरिदिएको संस्थाका संस्थापक मोकद्दम अन्सारीले जानकारी दिएका छन ।

उक्त ‘कपडा बैंक’को शुभारम्भ गर्दै कलैया उपमहानगरपालिकाका मेयर बिनोद साहले बैंकबाट गरीब तथा अति विपन्न परिवारलाई ठूलो राहत पुग्ने बताएका छन। त्यस्तै बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले ‘कपडा बैंक’मा सहयोग र साथ दिन सबैमा आग्रह समेत गरेका छन ।

उनले यस कार्यलाई निरन्तरता प्रदान गर्न एउटा कार्यविधि बनाएर अगाडि बढ्न सुझाव समेत दिएका छन। उनले प्रमुख जिल्ला अधिकारको हैसियतले आफ्नो सम्पुर्ण साथ रहने समेत बताएका छन।

“हुनेहरु दिएर जानुहोस नहुनेहरु लिएर जानुहोस” मुल नाराका साथ आज देखि सुभारम्भ गरिएको हो। शुभारम्भ भएको एक घण्टामै ३५ जनाभन्दा बढीले लगाउने कपडा लगेको ‘कपडा बैंक’ की संस्थापक अध्यक्ष माधुरी गिरीले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर