Sunday, June 21, 2026

कार्यसम्पादन मूल्याङ्कनमा पर्साको २ वटा पालिका प्रदेशमै उत्कृष्ट

वीरगन्ज, ०३, फाल्गुन। पर्साको ठोरी र पटेर्वा सुगौली गाँउपालिकाको कार्यसम्पादन मधेस प्रदेश मै उत्कृष्ट रहेको पाइएको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा ठोरी गाँउपालिकाले ७१.२ अंक सहित मधेस प्रदेश मै प्रथम भएको छ भने पटेर्वा सुगौली गाउँपालिका ६३.५ अंक सहित प्रदेश मै दोस्रो भएको हो।

कार्यसम्पादन मूल्यांकनमा पर्सा जिल्लामा सबैभन्दा कमजोर जिराभवानी र पकाहामैनपुर गाउँपालिका रहेको पाइएको छ । जिराभवानीले ३२.४ र पकाहामैनपुरले ३२ अंक मात्र पाएको हो । आयोगले विभिन्न १७ वटा सूचकमा मूल्यांकनमा गर्ने गरेको छ।

अन्य पालिकाहरु पर्सागढी नगरपालिकाले ५१.५ अंक, जगरनाथपुर गाउँपालिकाले ४८.८ अंक, सखुवा प्रसौनी गाउँपालिकाले ४५.१ अंक, पोखरिया नगरपालिकाले ४४.३ अंक, छिपहरमाई गाउँपालिकाले ४४.१ अंक, वीरगन्ज महानगरपालिकाले ४३.१ अंक, धोबीनी गाउँपालिकाले ४०.९ अंक, बिन्दबासिनी गाउँपालिकाले ३८.२ अंक, कालिकामाई गाउँपालिकाले ३६.६ अंक र बहुदरमाई नगरपालिकाले ३६.५ अंक पाएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर