Wednesday, July 22, 2026

बारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

बारा, ०४ फागुन । बारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ बस्ने २५ वर्षका उदित नारायण झा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित शुभलाभ ट्रेडर्सको अगाडी बिरगंज पथलैया सडक खण्डमा पथलैयाबाट बिरगंज तर्फ जादै गरेको ना ६ ख २८९५ नम्बरको ट्रकले विपरित दिशा बाट आउदै गरेको ना ४० प ४१९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका थिए ।

प्रहरीका अनुसार एल एस न्युरो अस्पताल परवानिपुरमा उपचारको क्रममा झा को मृत्यु भएको र सोहि वडाका उत्पल आचार्यको उपचार भैरहेको छ। आचार्यको दाहिने खुट्टा , टाउकोमा चोट लागेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।

ट्रक चालक धादिङ गजुरी-६ बस्ने ३६ वर्षको सन्दिप भुजेल र गजुरी-६ बस्ने सहचालक २१ वर्षको सुशिल थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको बाराका प्रहरी प्रब्क्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर