29.3 C
Kalaiya

Friday, July 4, 2025
29.3 C
Kalaiya
Friday, July 4, 2025

spot_img

बारा जिल्लामा मौलिक पहिचान मेट्ने नामकरण हटाउन माग

spot_img
spot_img
spot_img
Advertisement

कलैया, ०५ फागुन । राष्ट्रिय एकता अभियान, बाराले हालै बारा जिल्लाका केही स्थानहरूको नाम विदेशी शब्दहरूमा परिवर्तन गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ। संगठनले प्रमुख जिल्ला अधिकारी वसंत अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै मौलिक पहिचान मेट्ने नामकरण हटाउन आग्रह गरेको छ।

Advertisement
Advertisement

संगठनका केन्द्रीय अध्यक्ष विनय यादवका अनुसार फेटा गाउँपालिका अन्तर्गतको फेटा बजारस्थित “मुस्तफा चौक” र कोलबी नगरपालिका-७ धोधरपा गाउँस्थित “अंसारी चौक” जस्ता नामकरणहरू नेपालको मौलिक परम्परासँग मेल नखाने भएकाले खारेज गरिनुपर्छ।

Advertisement
Advertisement

ज्ञापनपत्रमा नेपालका ऐतिहासिक स्थानहरूको मौलिकता जोगाउन प्रशासनले कडा अनुगमन गर्नुपर्ने र यस्ता गतिविधि पुनः नदोहोर्याउने दीर्घकालीन नीति निर्माण गर्नुपर्ने माग गरिएको छ। नेपाल बहुसांस्कृतिक राष्ट्र भए पनि बाह्य प्रभावका कारण मूल पहिचान मेट्ने कार्य अस्वीकार्य हुने संगठनको भनाइ छ।

राष्ट्रिय एकता अभियानले नेपाल सरकार तथा स्थानीय प्रशासनसँग शीघ्र आवश्यक निर्णय तथा उचित कारबाहीको माग गर्दै नेपालको सांस्कृतिक पहिचान बचाउन यो कदम आवश्यक रहेको उल्लेख गरेको छ। अध्यक्ष यादवका साथ अभियानका संरक्षक सेवक सौरभनाथ बाबा, बारा, पर्सा प्रभारी राजेश यादव लगायतको टोली प्रमुख जिल्ला अधिकारीको कार्यक्ष पुगी ज्ञापन पत्र बुझाएको हो।-साभार राष्ट्रिय एकता अभियान

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर