Tuesday, June 23, 2026

आज २०८१ साल फागुन ६ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

राशिफल

मेष : दिन राम्रो छ। पुरानो योजना पूरा हुने दिन छ। दाम्पत्य जीवन सुखमय बित्नेछ। लगानीका क्षेत्र मध्ये व्यापारबाट लाभ हुनेछ। थोरै बोलेर निर्णय गर्नु उचित हुनेछ।

वृष : तपाईंको बोलीकै कारण महत्त्वपूर्ण काम बन्नेछ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। विपक्षी साथी सक्रिय भएकाले सचेत भएर अगाडि बढ्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मिथुन : आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति बन्नसक्छ। धार्मिक क्षेत्रको लगाबले मन शान्त बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वदेशमा अवसर सिर्जना हुनेछन्।

कर्कट : सानो कुराले मन अशान्त बन्नेछ। हरेक काममा बाधा र अड्चन बन्नेछन्। विदेशी रमझमले मन आकर्षित हुनेछ। विदेशमा लगानी गरेको भए फाइदा हुने दिन। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंह : दिन राम्रो छ। श्रमको फल प्राप्त हुनेछ। सहकर्मीसँग सहकार्य गरेमा व्यापारमा नाफा हुनेछ। परिवारमा गोपनीयता सार्वजनिक गर्ने बानीले अप्ठेरो परिस्थिति बन्ने जोखिम छ। राज्यको तर्फबाट भने सेवाको अवसर प्राप्त हुनेछ।

कन्या : धनलक्ष्मी योग परेको छ। विपक्षीको विवादमा फस्ने जोखिम छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। साथीसँगको संगतले फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : तपाईंको बोलीमा सरस्वतीको बास हुनसक्छ। बोल्दा सचेत बन्नुपर्नेछ। शिक्षामा गरेको लगानीबाट नाम र दाम दुवै कमाइ हुनेछ। धार्मिक क्षेत्रमा सहभागी भएमा मन शान्त बन्नेछ।

वृश्चिक : सञ्चित धन खर्च हुनेछ। साना कुराले मन अशान्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। ठुला व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। पिपलको दर्शन मात्र गर्न सके दिन सहज बन्नेछ।

धनु : दिन सामान्य छ। दाजुभाइसँगको सहकार्य सफल बन्नेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी बौद्धिक भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ।

मकरः सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यमा भने सुधार हुने योग छ। धार्मिक व्यक्तिसँगको परामर्शले महत्त्वपूर्ण काम बन्नेछ। परिवारसँगको सम्बन्धमा सुधार आउने छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : स्वास्थ्यमा समस्या हुनसक्छ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। मनमा लागेको कुरा छिटो बोल्ने बानी त्याग गर्नुपर्नेछ। धार्मिक क्षेत्रको झुकाव भए फाइदा हुनेछ। परिवारसँग्को सम्बन्ध सुमधुर बन्नेछ।

मीन : पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। परिवारमा तपाईंको बोलीको प्रभाव राम्रो रहनेछ। गणेशको भजन मात्र गर्न सके दिन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर