33.4 C
Kalaiya

Sunday, March 23, 2025
33.4 C
Kalaiya
Sunday, March 23, 2025

spot_img

महाकुम्भबाट फर्किदै गरेको स्कार्पियो दुर्घटना, घटना स्थलमै ४ जनाको मृत्यु ६ जना घाइते

spot_img
spot_img

भारतको प्रयागराजमा लागेको महाकुम्भ मेलामा पवित्र स्नान गरेर फर्किने क्रममा स्कार्पियो गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना गम्भिर घाइते भएका छन्।

शुक्रवार उत्तर प्रदेशको गोरखपुरमा विपरीत दिशाबाट आइरहेको ट्र्याक्टर र नेपाली भक्तजनहरू सवार स्कार्पियो एकआपसमा ठोक्किँदा ४ जनाको घटनास्थलमै मृत्यु हो।

मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं ७ का शिक्षक उपेन्द्र नारायण चौधरीकी श्रीमती लिलादेवी चौधरी, वडा नं ७ का पर्शुराम चौधरी, वडा नं ५ पिपरा पूर्वका जितु यादवकी श्रीमती हरिहरदेवी यादव तथा सुनसरीको कुशाहा गाउँपालिका–१ की समतोलिया देवी यादव रहेका छन् ।

घटनामा शिक्षक उपेन्द्र चौधरी, जितु यादव लगायत ६ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई गोरखपुरको स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर