Wednesday, September 16, 2026

मधेस क्रिकेट संघद्वारा अनिल साह र पुजा महतोलाई कप्तानीको जिम्मेवारी

Advertisement
Advertisement

कलैया, १० फाल्गुन। मधेश प्रदेश क्रिकेट संघले पुरुष टोलीका कप्तान हरिशंकर साहलाई कप्तानी पदबाट बिश्राम दिई बाराका अनिल साह र महिला टोलीको लागि पुजा महतोलाई आजदेखि नै कप्तानको रुपमा नियुक्त गर्ने निर्णय गरेको छ।

फाल्गुन १० गते बसेको मधेश प्रदेश क्रिकेट संघको बैठकले साह र महतोलाई कप्तानको जिम्मेवारी सुम्पेको हो। यस्तै संघले मधेश प्रदेश स्तरीय प्रधानमन्त्री कप छनौट क्रिकेट प्रतियोगिता पर्सामा फाल्गुन १६ गतेदेखि आयोजना गर्ने निर्णय गरेको छ।

संघले प्रधानमन्त्री कपको लागि बिकास दलित र सुभाष यादवलाई छनौट समितिको जिम्मेवारी तोक्ने र नेपाल क्रिकेट संघका पुर्व छनौट समिति संयोजक दिपेन्द्र चौधरीलाई प्रधानमन्त्री कपको लागि क्रिकेट एक्सपर्टको रुपमा नियुक्त गर्ने निर्णय गरेको छ।

यस्तै भरखरै सकिएको जय ट्रफी आयोजना गर्ने जिम्मेवारी दिएकोमा नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिने र प्रतियोगितामा प्रभावकारी भुमिका खेलेका पर्सा जिल्ला क्रिकेट संघ र धनुषा जिल्ला क्रिकेट संघलाई पनि धन्यवाद दिने निर्णय गरेको हो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर